Posts

Showing posts from January, 2026

संस्मरण— सरणकुमार राई

Image
 संस्मरण १.  (जीवनी) मछिन्द्र बहादुर राई भोजप’रका पहिलो कम्युनिष्ट                  मछिन्द्र बहादुर राई  सरणकुमार राई     मानिसको जीवन युगअनुसार हुन्छ । कुन युगमा मानिस जन्मेको हो त्यस युगको अवस्था अनुसार नै मानिसहरूको जीवन निर्वाह, लालनपालन, मानसिक अवस्था र क्रियाकलापहरू ह’ने गर्दछ । धेरै मानिसहरू युगको अवस्था अनुसारको चलन, प्रथा, अवस्था र संस्कृतिमा आस्रित र निर्लिप्त भएर त्यसैमा आत्म समर्पण गरेर कुनै नयाँ सोचको थालनी गर्ने कुरासम्म कल्पना नगरी मर्छन् भने कोही मानिसहरू युगको अग्रगमनका लागि आफुले सक्ने योगदान गर्नु पर्छ भन्ने भावनाकासाथ सक्रिय रहन्छन् । आजसम्मका मानव सभ्यताको विकास दोस्रो खाले मानिसहरूको प्रयत्नबाट सम्भव भएको हो । १९८१ साल असार १६ गते शनिबार भोजपुर (माझकिरात)को छिनामखुमा पिता कुलमर्दन राई र माता कृष्णकुमारी राईको पहिलो सन्तान सुपुत्रको रूपमा जन्मनु भएका मछिन्द्र बहादुर राई पनि दोस्रो खाले मानिसहरूभित्र पर्नु हुन्छ । प्रतिकूल समय, परिस्थिति र अवस्थाको दास भएर बस्नुभन्दा असल समाज, युग र व्यवस्थाका लागि...